|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक ९ दशमलव २४ अंकले बढेर १ हजार ९६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो।

आज २८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता सेयर ५८ हजार ७४१ पटक खरिदबिक्री हुँदा १ अर्ब १८ करोड ९९ लाख ३१ हजार ३८५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बैङ्किङ समूहको उपसूचक सामान्य अंकले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक १ दशमलव ५२ र जलविद्युत् समूहको उपसूचक १ दशमलव ३७ प्रतिशतले बढेको छ।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको सेयर मूल्यमा  सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६ दशमलव ६१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको ६ करोड ९३ लाख ६३ हजार १२२ बराबरको कारोबार भएको छ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नबिल ब्यालेन्स फन्ड–२ को ३ लाख १५ हजार ४२२ कित्ता सेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.