|

काठमाडौं : मौसममा क्रमिक सुधार आएको छ। मौसममा क्रमिक सुधार आएसँगै बिहीबार बिहानै घाम लागेको छ। 

लगातार पानी नपरे पनि हल्कादेखि क्षणिक वर्षाको सम्भावना केहीदिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  मौसमविद् गोविन्द झा कतै पनि भारी वर्षाको सम्भावना नरहेको बताए।

झाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए। 

उनका अनुसार बाँकी भूभागमा सामान्यतया आज मौसम सफा रहनेछ। काठमाडौं उपत्यकामा आज दिउँसो दुई–तीन बजेतिर हल्कादेखि क्षणिक वर्षाको सम्भावना छ। 

मौसममा क्रमशः सुधार हुँदै गएपनि पूर्णरूपमा मनसुन बाहिरिन भने अझै पाँच–६ दिन लाग्ने मौसमविद्हरुले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.