|

काठमाडौं : यूईएफए च्याम्पियन्स लिग फुटबलमा  म्यानचेष्टर सिटीले आरबी लाइपजिगलाई ३–१ ले हराएको छ। लिगमा सिटीको यो लगातार तेस्रो जित हो। 

बुधबार राति भएको खेलमा सिटीलाई जित दिलाउन अल्भारेजले एक गोल र एक असिष्ट गरे। यसैगरी फिल फोडेन र जेरेमी डोकुको नाममा समान एक गोल रह्यो। लाइपजिगको लागि लुइस ओपेन्डाले एक गोल फर्काए।

जितपछि सिटी समूह ‘जी’ को खेलमा दुई खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ। लाइपजिगको समान खेलबाट तीन अंक छ।

पछिल्लो दुई खेलमा पराजित सिटी यसपटक भने कमब्याक गर्न सफल भएको छ। पछिल्लो खेलमा सिटी प्रिमियर लिगमा उल्भ्ससँग २–१ ले पराजित भएको थियो। काराबाओ कपमा न्युक्यासलसँग १–० को हार बेहोरेको हो। गएराति नै भएको अर्को खेलमा  पीएसजी पराजित भएको छ। पीएसजि न्यु क्यासलसँग ४–१ गोलले पराजित भएको हो।

सम"ह एफ अन्तर्गत न्यु क्यासलको घरेलु मैदान सेन्ट  जेम्स पार्कमा भएको खेलमा घरेल् टोलीलाई सजत दिलाउन मिगुयल रेजाला, ड्यानीएल जोनशन बर्न सिन डेविड लंगस्टाफ , फावियन लुकास स्चार ले एक एक गोल गर्दा पीएसजीका लागि सान्त्वना गोल लुकास हर्नान्डेजले गरेका थिए।

त्यस्तै यही  समूहको अर्को खेलमा एसी मिलान र बोरुसिया डर्टमन्डले गोलरहित बराबरी खेलेका छन्। 

गएराति नै भएको अर्को खेलमा बर्सिलोनाले पोर्टोमाथि कठिन जित निकालेको छ।  पोर्टोको घरेलु मैदानमा भएको समूह एच अन्तर्गतको खेलमा बार्सिलोनाले घरेलु टोलीलाई १–० गोलले हराएको हो। बार्सिलोनालाई जित दिलाउन फरान टोरेसले निर्णायक गोल गरेका थिए।

खेलको अन्तिम समयमा बार्सिलोना १० खेलाडी सिमित भयो। बार्सिलोनामा जाभि दोहोरो पहेंलो कार्ड पाउँदै खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा बाहिरिएका थिए। 

यही समूहको अर्को खेलमा सक्तर डोनेस्कले एएनटिवेर्पलाई ३–२ गोलले पराजित गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.