|

काठमाडौं : पोखरा महानगरपालिका १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। आयोगको शाखा अधिकृत, नायब सुब्बा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा तयारी गर्ने भएको हो।

दक्ष, अनुभवी शिक्षक तथा कर्मचारीबाट कक्षाको तयारी गर्न लागेको पोखरा महानगरपालिका १३ का अध्यक्ष किरण बरालले बताए।

उनका अनुसार कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणप्रत्रको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी बुझाउनुपर्ने छ। पासपोर्ट साइजको २ फोटो तथा तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपि र हस्तलिखित निवेदन हुनुपर्नेछ।

वडा कार्यालयबाट फारम वितरण भइरहेको बरालले जानकारी दिए। 'इच्छुक महानुभावले  कात्तिक १ गतेसम्म फारम भर्न पाउने छन्,' उनले भने।
शैक्षिक नागरिक विदेश पलायन नहोस र स्वदेशमा रोजगारीका लागि प्रेरणा मिलोस भनेर कक्षा तयारी सञ्चालन गर्न लागेको उनको भनाइ छ।

'योग्य नेपाली नागरिकलाई स्वदेशमा केही गरौँ भन्नेका लागि यो तयारी कक्षा कोसेढुंगा बन्ने छ,’ उनले थपे,’ बाटो बिराएकालाई लोक सेवा तयारी कक्षाले नयाँ देखाउँने छ। सही बाटोले निश्चित गन्तव्यमा पुर्‍याउनेछ भनेर विश्वास गरेका छौ।‘

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.