|
नातामा छोरी चेली पर्नेहरूमाथि करणी गर्न खोजेको आरोप लागेका जुम्लाका एमाले नेता सुरत शाही

जुम्ला : राजनीति भनेको समाज परिवर्तन गर्ने क्षेत्र हो। समाजमा भएका अन्याय अत्याचारविरुद्ध आवाज उठाउने क्षेत्र पनि राजनीति।

अझै कम्युनिष्ट पार्टीले त समाजमा भएका अन्याय अत्याचार, रूढीवादी, जातीय विभेद, लैंगिक विभेद, भौगोलिक विभेदविरुद्ध लड्ने उद्‌घोष गर्दै आएका छन्।

नेपालको संघीय संसदमा दोस्रो ठूलो दल अझ कम्युनिष्टको पहिलो ठूलो दल नेकपा एमालेका नेताबाट गाउँघरमा छोरीबहिनीहरू यौन हिंसामा परेका छन् भनेको सुन्दा कस्तो लाग्ला? न्याय दिन अन्याय अत्याचारको अन्त्य गर्न भन्दै राजनीतिमा लागेका नेता अझ नातामा छोरी पर्ने बहिनीहरूमाथि यौनहिंसा र बलात्कार गर्दै हिँडेको सुन्नुपरेमा कस्तो लाग्ला? राजनीतिको आडमा छोरी बहिनीहरूमाथि यौनहिंसा गर्दै अझ समाजमा जान्ने बुझ्ने कहलाउँछ भने त्यसले समाज कस्तो बनाउला? राजनीति कस्तो होला? जुन कुरा कल्पना गर्नै नसकिने विषय हो।

तर, यहाँ घटनाले यस्तै पुष्टि गरेको छ। तातोपानी गाउँपालिका-८ का सुरतबहादुर शाही नेकपा एमालेका युवाको रूपमा जुम्ला जिल्लामा मात्र होइन कर्णालीमै परिचित नाम हो।

एमालेमा त उनी गाउँदेखि केन्द्रसम्म परिचित नेतामा पर्छन्। दुईपटक स्थानीय तहको टिकट पाएर पनि पराजित भएका थिए। उनी ०७९ को स्थानीय निर्वाचनमा तातोपानी गाउँपालिकामा एमालेबाट अध्यक्षमा उठेर पराजित भए।

नेतालाई आदर्श मानेर गाउँघरमा धेरै मानिसहरु उसको पार्टीमा जोडिन्छ। तर, शाहीले भने आफ्नै गाउँमा छोरी नाता पर्नेहरूलाई यौनहिंसा र बलात्कार गरेका घटनाहरू बाहिर आउन थालेका छन्।

उनको राजनीति पहुँचका कारण अहिलेसम्म कसैले मुख खोल्न नसके पनि अहिले भने उनकै गाउँका छोरी बहिनीहरू उनले गरेका अपराधविरुद्ध मुख खोल्न थालेका छन्।

उनीहरू अहिले मिडियामा आफैँ आएर उनले गरेका अन्याय अत्याचार र बलत्कारविरुद्ध बोल्न थालेका हुन्।

नेता शाहीको यस्तो छ पहिलो घटना

नेता शाहीले दुई वर्ष अगाडि गाउँकै अन्दाजी १६ वर्षकी नाबालिका कालिका माध्यमिक विद्यालय तातोपानी ८ टोप्लामा कक्षा ११ मा अध्ययनरत शान्ति (परिवर्तित नाम) छोरी नाता पर्नेलाई बलात्कार गरेका थिए। शाहीले आफ्नै छोरी नाता पर्ने गाउँकै बालिका भएकाले समाजको बेइज्जत हुन्छ भन्दै  पैसा र खसी दिएर मिलापत्र गरेको अहिले आएर खुलासा भएको छ।

तर, नेता शाहीले त्यो अपराध ढाकछोप गर्नका लागि के कति पैसा दिए भन्ने कुरा कसैले खुलाउन  चाहेको छैन। ती बालिकाका बाउआमा  गाउँका सोझा साझा मानिन्छन्। त्यो विषयमा गाउँमा चर्चा परिचर्चा भएपनि कानुनी निकायमा भने आउन सकेन। त्यस घटनाबारे कालिका मावि तातोपानी ८ टोप्लाका प्रधानाध्यापक मानबहादुर शाहीका अनुसार त्यतिबेला ती बालिका कक्षा ११ पढ्दै थिइन्। उनले थाहाखबरसँग फोनमा भने, 'त्यो घटना भएको बेला म सुर्खेत थिएँ।

एमालेका नेता सुरतबहादुर शाहीले ती बालिकालाई करणी गरेको भन्ने हल्ला गाउँमा सुनेको हुँ' उनले थपे, ‘ती बालिका अहिले सुर्खेततिर पढ्दै छिन्। अहिले अन्जादी १७ -१८ वर्षकी भइन् होलिन्। त्यो घटना हुँदा उनी १५ देखि १६ वर्षको हुनुपर्ने हो।'

शाही सम्मलित दोस्रो घटना

शाही थरकै नातिनी नाता पर्ने एकजना विवाहित महिला छन्। उनीसँग पनि नेता शाहीले पटक-पटक यौनसम्पर्क गर्न देऊ तिम्रो श्रीमान् शंका गर्छ कि नाइँ? तिम्रो फेसबुक आइडी तिम्रो बुढासँग छ कि छैन? जस्ता एसएमएस पठाएर सताएको ती शाही थरकी महिला बताउँछिन्।

थाहाखबरसँग उनले भनिन्, ‘यो एमालेको नेताले हाम्रा गाउँका धेरै दिदीबहिनीको अस्तित्व लुट्न खोजेको छ। कसैले नेता हो पहुँच छ भनेर केही गर्न सकेन। कसैले गाउँकै दाजुभाइ हो हाम्रो इजत जान्छ  भनेर चुपचाप लागेका हुन। त्यो खराब मान्छे हो। त्यसले गर्दा गाउँका सबै छोरी असुक्षित भएका छन्।’ 

नेता शाहीको तेस्रो घटना

शाहीकी छोरी नाता पर्ने एक अर्की किशोरीलाई पनि फोनमार्फत पटक-पटक यौनको प्रस्ताव राखेको कुरा गाउँमा हल्ला फैलिएको थियो। त्यो विषय पनि गाउँमै गुपचुप गरिएको थियो।

पटक-पटक उसले गरेका अपराध, बलात्कारका घटना गाउँको आफ्नो भाइ छोरा भनेर सबै गाउँले चुपचाप बसेका र अहिले अति गर्न थालेको गाउँलेहरू बताउँछन्। सबै गाउँलेलाई त्यो नेताबाट छोरीहरू कसरी सुरक्षित गर्ने हो भन्ने चिन्ता रहेको टोप्ला गाउँका एकजना स्थानीय बताउँछन्।

शाहीको कर्तुतको अडियो बाहिरियो

शाही थरकै १७ वर्षकी छोरी नाता पर्ने बालिकालाई बलात्कार गर्ने प्रयास गरेको समाजिक सञ्जालको कुराकानी र फोन रेकर्डर अडियो भेटिएको छ।

आफ्नै गाउँका एकै परिवारका छोरी, बहीनी नाता पर्ने साना साना किशोरीलाई आर्थिक प्रलोभन देखाउँदै केहीलाई बलात्कार गर्ने र केहीलाई बलात्कारको प्रयास गर्ने, केहीलाई सामाजिक सञ्जाल र फोनबाट शारीरिक सम्पर्क गर्न प्रस्ताव गर्ने, प्रस्ताव स्वीकार गर म फलानो काम गरिदिउला भन्दै आएको गाउँलेहरू बताउँछन्।

अन्दाजी १७ वर्षकी (धनु) नाम परिवर्तन बालिकालाई सामाजिक सञ्जालको म्यासेजमा इन्ट्रासमा नाम निकाल्नको लागि भनिदिने, ट्युसन पढेको खर्च आफैँ तिरिदिने त्यसको बदलामा ती नाबालिकाले एमाले नेता सुरतबहादुर शाहीले आफूलाई सेक्स गर्न दिनु पर्ने माग राखेको कुरा बाहिरिएको छ।

ती नाबालिकालाई म्यासेजमा मात्र होइन फोनमा पनि यौन प्रस्ताव राखेको अडियो रेकर्डमा सुन्न सकिन्छ।

शाही एमालेका जुम्ला जिल्ला कमिटी उपाध्यक्ष पनि हुन्। एमाले नेता शाही ती नाबालिकाको नामा जेठो बुबा पर्छन्।

ती नाबालिकाले भनिन्, ‘मेरो नातामा ठूलो बुवा पर्ने हुन्। तर त्यो अपराधीलाई केको ठूलो बुबा मान्नु? उसले छोरी मान्दैन पटक-पटक बलात्कार गर्ने सोच राख्छ। म उजुरी दिन तयार छु।’

ती नाबालिकाको आर्थिक अवस्था कमजोर हुँदा अरूकै घरमा बसेर अध्ययन गरिरहेकी छिन्। उनी अहिले जुम्ला आएर उजुरी दिन सक्ने अवस्थामा छैनन्।

उनले भनिन्, ‘म घरबाहिर छु। पढ्न आएकी छु। यहाँ छोडेर जिल्ला आएको खण्डमा भोलि त्यही घरमा मलाई पढ्ने व्यवस्था नहुन सक्छ। मलाई पढाइको  चिन्ता छ। म कानुनी कुरा जान्दिनँ तर उसले पटक-पटक मलाई करणी गर्ने मनसायले नै फोन म्यासेज गर्ने गरेको थियो।’

राजनीतिको नाममा उसलाई सबैले माफी दिँदै आउँदा उसले अहिले धेरै छोरी बहिनीको इज्जतमाथि खेल्दै आएको ती बालिका बताउँछिन्। अपराध गर्ने नेता शाहीलाई सजाय हुनैपर्ने उनी बताउँछिन्।

नेता शाही लामो समयसम्म फेसबुकमार्फत यौन प्रस्ताव राखेर हैरान बनाएपछि ती बालिकाले त्यो समस्या दाइलाई सुनाइन्। 'दाइको सल्लाहबमोजिम पछि मैले उसले गरेको फोन कल रकेर्ड गरेकी हुँ। सुरत शाहीले पटक-पटक म्यासेज गर्ने डिलिक्ट गर्ने, भेटम् भन्ने गर्न थालेपछि दाइसँग सल्लाह गरेर म्यासेज राखेँ, फोन रेकर्ड गरेँ' ती बालिकाले भनिन्।

आफू बस्ने ठाउँमा आएको बेला ६ महिना अगाडिदेखि म्यासेज फोन गर्ने गरेको उनले बताइन्।  

त्यस्तै, टोप्ला गाउँकै यज्ञबहादुर शाहीले एमाले नेता सुरतले आफ्नो बहिनी पर्नेलाई पनि यौनसम्पर्कको प्रस्ताव राखेको कुरा थाहा भएको बताए। उनले भने, ‘यो कुरा स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिलाको हो। त्यो पनि नेता शाहीको  छोरी नाता पर्ने हो। तर एमाले नेता शाहीले म्यासेज गर्ने डिलिट गर्ने, अनि यस्तो कुरा कसैसँग नभन्नु भन्ने गरेका रहेछन्।'

यस्तो छ उनीहरूको फेसबुक च्याट

नेता सुरत शाहीले फोनमा भनेका छन्  म तिमीसँग अरू कुरा गर्दिनँ तिम्रो पढ्ने कुरा फिक्स गरेको छु तिम्रो पढाइको लागि खर्च म दिन्छु राम्रोसँग पढ्नु अनि मैले मागेको  त्यो कुरा दिन्छौँ नि?

बालिका : हुन्छ के कुरा हो भन्नु नि?

शाही : सेक्स गर्न दिनुपर्छ  

शाही : बालिकालाई फोटा पठाउनु फेसबुकको मेसेजमा

बालिका : केको फोटा

शाही : तिम्रो मिल्कको फोटा पठाऊ

तातोपानी गाउँपालिका ८ वडाका अध्यक्ष नरबहादुर रावतले शाहीका गलत कामका बारेमा गाउँमा हल्ला सुनेको बताए। उनले भने, ‘हामी जनप्रतिनिधिको हिसाबले गलत गर्ने मान्छेलाई कारबाही हुनु पर्छ भन्छौँ। सत्यतथ्य केहो थाहा छैन तर गाउँमा तपाईंले सुनेजस्तो हल्ला सुनेको हुँ।’

पुलिसमा छैन उजुरी

नेता शाहीले पटक-पटक आफ्नै गाउँकै छोरी बैनीलाई आर्थिक प्रलोभन देखाई करणी गर्न खोजे पनि कानुनी उपचारका लागि प्रहरीका उजुरी परेको छैन। नेता शाहीको राजनीतिक पहुँचकै कारण सबै डराएर प्रहरीसम्म नपुगेको गाउँलेहरू बताउँछन्। प्रशासनको काम गलत गर्ने मान्छेलाई कानुनी दायरामा ल्याउने भए पनि पीडित पक्षको उजुरीबिना केही गर्न नसकिने जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे बताउँछन्।

उनी भन्छन्, ‘प्रहरी उजुरी लिने निकाय हो। त्यसको अनुसन्धान गर्ने अधिकार पनि प्रहरीलाई नै हुन्छ। राय दिने अधिकार सरकारी वकिलको हो। पहिलो कुरा पीडित प्रहरीमा उजुरी दिन आउनुपर्छ। न्याय दिने काम अदालतको हो।’

सम्पर्कमा छैनन् सुरत शाही

एमाले नेता सुरत शाहीलाई यस विषयमा बुझ्नका लागि थाहाखबरले पटक-पटक प्रयास गर्दा पनि उनले फोन उठाएनन्। नेता शाहीले फोन नउठाएपछि उनीमाथिको आरोपबारे एमालेको जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महतलाई सम्पर्क गर्दा उनले पनि फोन उठाएनन्।

एमाले नेता शाहीले पीडित पक्षसँग गरेको सामाजिक संजालको रेकर्ड थाहाखबर सुरक्षित छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.