|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज (सोमबार) परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर १ हजार ९०८ दशमलव ६६ को बिन्दुमा कायम भएको हो।

आज २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता शेयर ४८ हजार ४४४ पटक खरिदबिक्री हुँदा १ अर्ब १७ करोड १ लाख ७२ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबारपछि कुल बजार पुँजीकरण २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख ३० हजार ५०१ रुपैयाँ कायम भएको छ।

उत्पादन तथा प्रशोधन समूहको उपसूचक शून्य दशमलव ९६ प्रतिशत र व्यापार समूह शून्य दशमलव ४९ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक प्रतिशतले घटेको छ। आजको कारोबारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सबैभन्दा धेरै ६ दशमलव ८८ प्रतिशतको वृद्धि देखिएको छ।

सबैभन्दा धेरै घट्नेमा भने बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नबिल बैंक लिमिटेडको ३ करोड ५१ लाख ४५ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सानिमा इक्विटी फन्डको १ लाख ६९ हजार १९१ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.