|

काठमाडौं : अफगानिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा पहिलो जित निकालेको छ।

दिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा आइतबार अफगानिस्तानले साबिक विजेता इङ्ल्यान्डलाई ६९ रनले स्तब्ध बनाएको हो। अफगानिस्तानले पहिलो पटक इङ्ल्यान्डमाथि जित निकाल्यो।

यो नतिजासँगै दुवै टोलीको तीन खेलबाट समान दुई अंक छ। अफगानिस्तानले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४० दशलमव ३ ओभरमा २ सय १५ रनमा समेटियो।​

इङ्ल्यान्डका ह्यारी ब्रुकले सर्वाधिक ६६ रनको योगदान गरे। यसैगरी डेविड मलानले १८, रिस टोप्लीले अविजित १५, जो रुटले ११ तथा  लियम लिभिङ्स्टोन र साम करनले समान १० रन जोडे।

अफगानिस्तानका लागि मुजिब उर रहमान र राशिद खानले समान तीन, मोहम्मद नाबीले दुई तथा फजलहक फारुकी र नविन उल हकले समान एक विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको  अफगानिस्तानले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८४ रन बनायो।

अफगानिस्तानका लागि रहमानुल्लाह गुर्बाजले  सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी  इक्रम अलीखिलीले ५८, मुजिब उर रहमान र  इब्राहिम जाद्रनले समान २८ र राशिद खानले २३, अज्मतुल्लाह ओमरजाइले १९ र कप्तान हस्मतुल्लाह शाहिदीले १४ रन बनाए।

इङ्ल्यान्डका लागि आदिल राशिदले तीन, मार्क उडले दुई तथा रिस टोप्ली, जो रुट र लियम लिभिङ्गस्टोनले समान एक विकेट लिए ।

यसअघि न्युजिल्यान्डसँग नौ विकेटको पराजय व्यहोरेको इङ्ल्यान्डले बंगलादेशलाई १ सय ३७ रनले हराएको थियो। यसअघि अफगानिस्तान बंगलादेशसँग ६ विकेट र भारतसँग ८ विकेटले स्तब्ध बनेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.