|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज (सोमबार) दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अंकले ओरालो लागेर १ हजार ८५१ मा सीमित भएको छ। 

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३८ अंकले ओरालो लागेर ३५५ दशमलव ७४ मा सीमित भएको छ। 

कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ। विभिन्न कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँ मूल्यमा कारोबार भएको छ। 

नेप्सेका अनुसार कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ। सो बैंकको ६ करोड २४ लाख ७६ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भयो।

हाथवे इन्भेस्टमेन्ट नेपालको ५ करोड २७ लाख २ हजार ७५९, सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाख २३ हजार २६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५८ लाख २९ हजार ५८४ र एनआईसी एशिया बैंकको ३ करोड ४३ लाख ३५ हजार ६४१ रुपैयाँ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

नेप्सेका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७ दशमलव ८७, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ७ दशमलव ३१, सुपर मादी हाइड्रोपावर ४ दशमलव शून्य ४, कालिञ्चोक दर्शन लिमिटेड ३ दशमलव ९७ र सनराइज फिक्स्ड इक्विटी फण्डका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले कमाएका छन्। 

सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको शेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्मक सर्किट लागेको छ। नबिल ब्यालेन्स फण्ड दोस्रो ९ दशमलव ३१, मिड सोलु हाइड्रोपावर ९ दशमव शून्य ६ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ८ दशमलव ७७ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.