|

बैतडी : मेलौली नगरपालिकामा मंगलबार बिहान ट्र्याक्टर  दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

मेलौली भगवती मन्दिर नजिक मंगलबार बिहान साढे ८ बजे म १ त ७४० नम्बरको ट्र्याक्टर  दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका हुन्। 

ट्याक्टर चालक कैलाली मुसुरियाका नारायण चौधरी, घोडाघोडीका भुवन थापा र बैतडी दोगडाकेदारका गगनसिंह कार्की घाइते भएका हुन्। 

मन्दिरको गेट निर्माणका लागि निर्माण सामग्री बोकेर गएको ट्याक्टर उकालोमा पल्टिएको इलाका प्रहरी कार्यालय मेलौलीका इञ्चार्ज हरजित कुँवरले जानकारी दिए। घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ।

यस्तै पाटन नगरपालिकामा चट्याङ लागेर एक भैंसी र २ बाख्रा मरेका छन्। सोमबार चट्याङ लागेर  केहीको विद्युत मिटर बक्सका साथै अन्य उपकरणमा पनि क्षति पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.