|

काठमाडौं : बाँकेमा बुधबार मदिरा बिक्रीवितरण तथा उपभोग गर्न नपाइने भएको छ।

दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन आज मदिरा बिक्री वितरण तथा उपभोगमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।


स्थानीय प्रशासनले  दुर्गा भवानीको मूर्ति विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, बनाउन अनुरोध गरेको छ। साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न गर्न पनि उसले आग्रह गरेको छ।

बाँकेमा विजयादशमीको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.