|

एक अर्काबाट टाढा बस्न बाध्य व्यक्तिका लागि चीनका वैज्ञानिकले अनौठो उपकरण आविष्कार गरेका छन्।

यो उपकरणलाई चुम्बन उपकरण अर्थात् किसिङ डिभाइस भनिन्छ। यस उपकरणको सहयोगमा टाढा रहेका व्यक्तिले एकआपसमा चुम्बन गर्न सक्नेछन्।  उपकरण निर्माताका अनुसार टाढा रहेका मानिसले यस ग्याजेटको मद्दतबाट वास्तविक चुम्बन जस्तो महसुस गर्नेछन्।

चुम्बन उपकरणको ओठ सिलिकनबाट तयार गरिएको छ । त्यसमा सेन्सर पनि जडित छ। जसबाट चुम्बन गर्ने समयमा ओँठमा वास्तविक चुम्बन गरेजस्तै अनुभूति हुनेछ। 

यो डिभाइसले ओँठको दबाब, गति तथा तापमानको पनि अनुभूति गराउन सक्छ।

झाङ्गझाउ भोकेसनल इन्स्टिच्युट अफ मेक्ट्रोनिक टेक्नोलोजीका वैज्ञानिकले उक्त उपकरण तयार पारी पेटेन्ट दर्ता गरेका छन्। उपकरण आविष्कार गर्ने वैज्ञानिक जियाङ झोङ्लीका अनुसार उनी आफ्नी प्रेमिकासँग धेरै टाढा बस्दथे र केवल फोनमा मात्रै सम्पर्क गर्दथे। त्यहीँ बाध्यताका बीच उनलाई त्यो चुम्बन उपकरण बनाउने प्रेरणा प्राप्त भयो।

चिनियाँ ई–कमर्स प्लेटफर्म ताओबाओमा यो उपकरणको मूल्य दुई सय ८८ युआन राखिएको छ। तर एकैपटकमा दुईवटा डिभाइस खरिद गरे साढे पाँच सय युआनमा पाइनेछ। कम्पनीले हरेक महिना सयभन्दा बढी उपकरण बिक्री गरिरहेको  छ। 

उक्त उपकरण प्रयोग गर्न प्रयोगकर्ताले एक मोबाइल एप डाउनलोड गर्नुपर्दछ। त्यसपछि यो उपकरणलाई फोनको चार्जिङ पोर्टमा जोड्नु पर्दछ। एपमा आफ्नो जोडीलाई पेयर गरेपछि भिडियो कल गरी ‘रिमोट किसिङ’ गर्न सकिन्छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.