|

बंगलालादेशको मध्य ढाकामा विपक्षी समूहद्वारा गरिएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रहरीको मृत्यु भएको छ।

केही घण्टासम्म चलेको हिंसात्मक झडपमा एक अधिकारीको मृत्यु हुनुका साथै सयौँ व्यक्ति घाइते भएका प्रहरीले पुष्टि गरेको छ। विपक्षी समर्थकको ठूलो भीडमाथि शनिबार प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो। बङ्गलादेशका दुई प्रमुख विपक्षी दलका एक लाखभन्दा बढी समर्थकले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन्।

प्रमुख विपक्षी दल देश नेशनलिस्ट पार्टी (बीएनपी) को आधिकारिक फेसबुक पेजमार्फत् सार्वजनिक लाइभ फुटेजमा एकपछि अर्को गरी साउण्ड ग्रिनेड पड्किएको र सडकबाट कालो धुवाँको मुस्लो उठेको देखिन्छ भने हजारौं मानिस सुरक्षाका लागि दौडिरहेको देखिएको छ। प्रहरीले अश्रुग्याँस र रबरको गोली प्रहार गर्दा राजधानीको मध्यभागका सडक र गल्लीहरूमा हिंसा फैलिएको थियो भने प्रदर्शनकारीहरूले ढुङ्गा र इँटा प्रहार गरेका एएफपीले जनाएको छ।

प्रहरी निरीक्षक बच्चु मियाले रबरको गोलीबाट घाइते भएका कम्तीमा २० जनालाई देशकै सबैभन्दा ठूलो ढाका मेडिकल कलेज अस्पतालमा लगिएको एएफपीलाई जानकारी दिनुभयो। शहरको सबैभन्दा ठूलो क्याथोलिक चर्चअगाडि विपक्षी समर्थकले लाठी प्रहार गर्नुका साथै एउटा बस र एउटा प्रहरी चौकीमा आगजनी गरेपछि झडप शुरु भएको थियो। बिएनपीले हिंसाको विरोधमा आज देशव्यापी हड्तालको आह्वान गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.