२४८ जना घाइते

|
फाइल

रौतहट : जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले चालू आर्थिक वर्षको ४ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ६५८ जनालाई कारबाही गरेको छ।

चालू आर्थिक वर्षको साउनयता गरिएको उक्त कारबाहीबाट ४७ लाख ४२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।

जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रमुख सुशील आचार्यका अनुसार गत साउनमा ३८२, भदौमा २ हजार ५८८, असोजमा ९३९ र कात्तिक १२ गतेसम्म ४४० गरी कुल ६४९ सवारीसाधन कारबाहीमा परेका छन्।

यसैगरी दशैंको अवधिमा मात्र ६०९ वटा सवारी कारवाहीमा गरेको छ भने ५० लाख ५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।

सोही अवधिमा २२ वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका हुन्।

४ महिनामा सवारी दुर्घटनामा कुल १२ जनाले ज्यान गुमाइसकेका छन् भने २४८ जना घाइते भएका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार सो चालू आर्थिक वर्षको ४ महिनामा १५९ वटा सवारी दुर्घटना भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.