|

रौतहट : भन्सार छली गरेर भारतबाट ल्याएको १ सय ३९ बोरा गहुँको बिउसहित एक पिकअप गाडी र चालकलाई रौतहट प्रहरीले नियन्त्रमाणमा लिएको छ। भारतबाट लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले सो बिउ र चालकसहित पिकअप नियन्त्रणमा लिएको हो।

सूचना प्राप्तलगत्तै जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको प्रहरी टोलिले शुक्रबार करिब साढे १० बजेतिर गौर नगरपालिका वडा नं–७ स्थित भारत तर्फबाट आउँदै गरेका प्रदेश २–०३–००१ च.२१३८  नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त बिउ फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

पिकअप चालक गौर नगरपालिका वडा नं–७ बस्ने वर्ष ४४ को वीरेन्द्र राय यादव रहेको प्रहरीले जनाए। फेला परेको गहुँको बिउ १ सय ३९ बोरा रहेको र १ बोरामा २० किलोको दरले जम्मा २,७८० किलो बिउ र  पिकअप गाडीसहित चौबिस लाख सत्तर हजार बराबरको मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.