|
प्रतीकात्मक तस्विर

काठमाडौं : पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ ।

काठमाडौँमा बसोबास गर्दै आएका भूकम्पबाट प्रभावित क्षेत्रका जनतालाई आफ्नो घर जानका लागि सहज होस् भन्ने उद्देश्यले सो कम्पनीले निःशुल्क बससेवा सञ्चालन गरेको कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले बताए। 

जाजरकोट जाने बस काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट शुक्रबार बिहान र दिउँसो छुट्ने अध्यक्ष केसीले जानकारी दिए। 

कम्पनीले  जाजरकोट र रुकुम पश्चिम जान चाहने यात्रुले विभन्न नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। काठमाडौंमा ९८५१०१०५४५, ९८५१२४५९९१, ९८५१०२७२९७, ९८४८१०२३६४ र ९८४१५४१०५०,मुग्लिनमा ९८४५४७२३८४, दमौलीमा ९८५६०८९१८० र ९८५६०३६६६४ तथा पोखरा( ९८५६०२०६६६, ९८५६०२७५५८, ९८५६०२५९३८, ९८४७००९७८८, ०६१५७४२९६ र ९८५६०६३०६४ फोन नम्बरमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.