|

जाजरकोट : जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरू शोकमा डुबेका छन्। बारेकोट गाउँपालिकाको लामिडाँडा केन्द्रबिन्दु बनाएर शुक्रवार राति गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा मृत्यु भएका आफन्तहरू शोकमा डुबेका हुन्।्

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार यहाँको नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिकाका बासिन्दा भूकम्पबाट प्रभावित भएका छन्।

जाजरकोटका चारवटा स्थानीय तहमा भूकम्पमा परी १०१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन्। भूकम्पबाट जाजरकोटमा करिब १ हजारभन्दा बढी घरमा क्षति पुगेको प्रशासकीय अधिकृत शर्माले बताए।

भूकम्प प्रभावितहरू खुला आकाशमुनि बस्न बाध्य छन्। राज्यले तत्काल सुरक्षित स्थानको बन्दोबस्त सहित राहत उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ। 

भूकम्पबाट ६ जनाको परिवार गुमाएका भेरी नगरपालिका–१ रावत गाउँ (कोलचौर)का मोहनबहादुर विकले अहिलेसम्म कुनै पनि निकायबाट आफूले राहत नपाएको बताए। मृत्यु भएका उनका ६ जना परिवारको हालसम्म दाहसंस्कार समेत भएको छैन।

विकका अनुसार दुई दाजुभाइ विदेशमा रहेकाले उनीहरू आइपुगे मात्र मृत्यु भएका ६ जना परिवारको दाहसंस्कार गरिने बताए। उनले अहिलेसम्म घर भत्किदा पुरिएको सामान निकाल्न कुनै निकाय आफ्नो भत्किएको घरसम्म नपुगेको गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.