|

गौर : २०६४ साल चैतमा संविधानसभा चुनावका वेला जिउँदै मानिस इँटाभट्टामा जलाएको घटनाका आरोपी पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा जिल्ला अदालत रौतहटमा सुनुवाइ भइरहेको छ।

पन्ध्रौँपटकको पेशीमा पूर्वमन्त्री आलमको मुद्दामा बुधबार जिल्ला अदालत गौरले लिखित बहस नोट मागेको हो। अदालतले लिखित बहस नोट मागेसँगै उनको मुद्दाको आज फैसला हुन सकेन।

पुर्पक्षका लागि चार वर्षदेखि नख्खु कारागारमा रहेका पूर्वमन्त्री आलमको दुई दिनदेखि बहस भए पनि जिल्ला अदालत गौरका २ नम्बर न्यायाधीश बाबुकाजी बानियाँको इजलासले लिखित बहस नोट मागेको हो।

मुद्दाको गम्भीरता समेतलाई विचार गर्दा वादी नेपाल सरकारका तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय गौर रौतहट, जाहेरवालाका कानुनव्यवसायीलाई लिखत बहस नोट पेश गर्न १५ दिनको समयावधि दिएको जिल्ला अदालत गौरका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए।

यो मुद्दा नेपाल सरकारले एकपटक नचलाउने निर्णय गरेको थियो तर सर्वोच्च अदालतले उक्त निर्णय बदर गरी अघि बढाउने आदेश दिएको थियो।

सोही मुद्दामा नेपाल सरकारले मुद्दा नचलाउने निर्णय गर्नुअघि गरेको अनुसन्धानका क्रममा बुझिएका साक्षीको मौकाको र अदालतको बकपत्र तथा प्रतिवादीको साक्षीले अदालतमा गरेको बकपत्र समेत संक्षिप्त व्यहोरासहित प्रस्तुत मुद्दाको तुलनात्मक टिपोट तयार गरी दुई वर्षभन्दा पुरानो भएकाले प्राथमिकताका साथ तोक्न आदेश गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.