|

दोलखा : दोलखामा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

आज (शुक्रवार) दिउँसो ३:४० मा भीमेश्वर नगरपालिका-७  देउराली नजिकै बोलेरो दुर्घटना हुँदा मेलुङ गाउँपालिका-७ का सुजन मगरको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक धर्मेशकुमार यादवका अनुसार  बोलेरोमा सवार १२ जना घाइते भएका छन्। 

कालिञ्चोकबाट चरिकोट आउँदै गरेको बा २१ च ८२६८ नम्बर बोलेरो अनियन्त्रित भई बागमती प्रदेश ०२०४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

घाइतेमध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ भने अन्यको चरिकोटमा उपचार भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.