|

काठमाडौं : हालैमात्र पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ। २०७२ सालको भूकम्पलाई मानसपटलबाट पूर्ण रुपमा हटाइ नसक्दै पश्चिम नेपालको भूकम्पले त्रास थपिएको छ। २०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचना, सांस्कृतिक र ऐतिहासिक धरोहर अझै पुनः निर्माण हुन सकेका छैनन्। सरकारले आवश्यक चासो र चिन्ता नदेखाउँदा यी संरचनाहरू भग्नावशेषका रुपमा मेटिँदै गएका छन्। टाढाको कुरै नगरौँ।

काठमाडौंको वसन्तपुर क्षेत्रका कतिपय निजी भवन, सांस्कृतिक सम्पदाहरू पुनःनिर्माण सुरू समेत भएका छैनन्। २०७२ सालको महाभूकम्पको भग्नावशेषहरू संघीय राजधानी वरपर यत्रतत्र फेला पर्छन्। २०७२ सालको महाभूकम्पबाट भोगेको अनुभवलाई ८ वर्षसम्म व्यवहारमा नउतार्दा अहिले पश्चिम नेपालमा ठूलो क्षति भएको छ। अझै पनि विज्ञहरूले पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम रहेको चेतावनी दिइरहेका छन्।

अब बेलैमा पुनःनिर्माण नगर्ने र पूर्वतयारीकासाथ नबस्ने हो भने भविष्यमा पुनः अहिलेको क्षति दोहोरिने निश्चितप्रायः छ। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले तयार पारेको काठमाडौं वरपरका २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरुचनाहरू।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.