|

भोजपुर : लक्ष्मीपूजाको लागि बालिएको दियोबाटआगो सल्किँदा भोजपुरमा २६ लाख भन्दा बढी रुपैयाँको क्षति भएको छ।  

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा २६ लाख ५८ हजार बराबरको क्षति भएको जानकारी दिए। 
    
आगोलागीबाट दुई तले घर जलेको छ भने घरभित्र रहेका लत्ताकपडा, अन्नपात भाँडावर्तन,सुनका गरगहना र नगद १५ हजारसमेत नष्ट भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, स्थानीयवासी र वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगलागीका कारण विष्ट परिवार बिचल्लीमा परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.