|

काठमाडौँ : आजभोलि उच्च रक्तचाप र मुटुको रोगले धेरै जनालाई सताउने गरेको छ। स्वास्थ्यकर्मीले प्रायः अस्वस्थ जीवनशैलीका कारण उच्च रक्तचाप वा हृदय रोग हुने गरेको बताउने गर्छन्।

धेरैजसो यस्ता रोग निम्तिने मुख्य कारण हाम्रो खानपान तथा जीवनशैली हो। हाम्रो दैनिक जीवनचर्यामा चियाको विशेष महत्व छ। धेरैजसो मानिसको दिन शुरु हुन्छ चियाको चुस्कीबाट। दिनको शुरुवात चियाबाट गरे पनि उच्च रक्तचापका बिरामीले खाली पेटमा चिया पिउने कि नपिउने प्रश्न पनि उठ्छ। 

उच्च रक्तचाप भएकाले खाली पेटमा चिया पिउन हुन्छ?

उच्च रक्तचाप भएकाहरुले सधैँ दुध हालेको चिया धेरै पिउनु हुँदैन। दुध हालेको चियाले रक्तचाप घटाउनुको सट्टा बढाउँछ। यति मात्र होइन, यसले पेटमा ग्याँस बनाउँछ र रक्तनली पनि संकुचित बनाउनाले रक्तचाप बढेर मुटुमा दबाब दिन्छ।

यस्तो बेलामा दुध हालेको चिया खाँदा मुटुमा दबाब अझ बढ्न सक्छ। त्यसैले उच्च रक्तचाप भएकाहरुले खाली पेटमा दूधको चिया नपिउनु नै उचित हुन्छ।

उच्च रक्तचापमा कुन चिया पिउने ?

हर्बल चिया

हरियो चिया उच्च रक्तचापका रोगीहरुका लागि उत्तम चिया हो। सुन्निएका रक्तनली खोल्न हर्बल चियाले काम गर्छ। यसले रक्तचाप घटाउन पनि काम गर्छ। हर्बल चियामा पाइने एन्टिअक्सिडेन्ट र क्याटेचिनले रक्तनली खोल्ने काम गर्छ। जसबाट रक्तसञ्चारमा सुधार हुन्छ।

कालो चिया

उच्च रक्तचाप भएका व्यक्तिले कालो चिया पिउने हो भने यो उनीहरुको रक्तनलीका लागि फाइदाजनक हुन्छ। साथै यसले मुटुसँग सम्बन्धित धेरै समस्या घटाउन पनि मद्दत गर्छ। उच्च रक्तचापका बिरामीले लेमन टी पिउँदा पनि बेफाइदा हुँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.