|

टर्किए सुरक्षा बलले उत्तरी इराकमा गरेको सीमापार कारबाहीमा प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का १३ लडाकु मारिएका छन्।

टर्किएको रक्षा मन्त्रालयका अनुसार पीकेके सदस्य ‘अपरेशन क्लाउ–लक’ जोन र हकुर्क क्षेत्रमा मारिएका हुन्।

टर्किए सेनाले बारम्बार उत्तरी इराकमा विशेष गरी समूहको मुख्य आधार कँडिल पर्वतमा पीकेके लक्ष्यविरुद्ध स्थलगत कारबाही,  हवाइ आक्रमण र तोपखाना बमबारी गर्ने गरेको छ।

टर्किएले अप्रिल २०२२ मा सीमा नजिकैको उत्तरी इराकी क्षेत्रमा पीकेके सदस्यहरू विरुद्ध लड्न अपरेशन क्लाउ–लक शुरु गरेको थियो।

टर्किए, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीबद्ध गरिएको पीकेकेले तीन दशकभन्दा बढी समयदेखि टर्किए सरकारविरुद्ध विद्रोह गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.