|

काठमाडौं : ललितपुरको पाटन मंगलबजारको डबलीमा ऐतिहासिक कात्तिक नाच सुरु भएको छ । हरेक वर्ष मनाइने कात्तिक नाच यस वर्ष शनिबार (मंसिर २) साँझदेखि सुरु भएको हो ।

फरक–फरक देवीदेवताको नाच प्रदर्शन गरेर मनाइने कात्तिक नाच हेर्न उपत्यकासहित आसपासका जिल्लाबाट सर्वसाधारणको घुइँचो लाग्ने गर्छ । ११ मंसिरसम्म चल्ने नाचका क्रममा झन्डै एक दर्जन नाच प्रदर्शन गरिन्छ ।

१३ जना कलाकारले प्रस्तुत गरेको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको हो ।

राजा सिद्वीनरिंह मल्लले सुरुवात गरेको यो नाच यही मंसिर ११ गतेसम्म पाटन दरवार क्षेत्रको कार्तिक डबलीमा मञ्चन हुनेछ।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.