|

काठमाडौं :  स्पेनिस फुटबल ला लिगामा गएराति रियल मड्रिडले कार्डिजलाई ३–० गोलअन्तरले हराएको छ। 

रोड्रिगोले दुई गोल र एक एसिस्ट गरेपछि रियलले सहज जित दर्ता गरेको हो। यो जितसँगै रियल ला लिगामा अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। 

कार्डिजको मैदानमा सुरुवातबाटै हाबी भएको रियलका लागि रोड्रिगोले १४ औं मिनेटमा पहिलो गोल गरे। उनले नै खेलको ६४ औं मिनेटमा पनि गोल गरेका थिए। 

रोड्रिगोले मिलाइ दिएको पासमा फरवार्ड जुड बेलिङ्घमले ७४ औं मिनेटमा गोल गरेपछि रियलले जित गर्दा गर्‍यो। रियलका लागि बेलिङ्घमले सिजनको १३ औं गोल गरेका छन्। उनले ला लिगामा मात्र १२ खेलमा ११ गोल गरिसकेका छन्।

यसअघि शीर्षस्थानमा रहेको जिरोनालाई एक अंकले पछि पारेको रियलको अहिले ३५ अंक भएको छ। पराजित कार्डिज १० अंकसाथ १६ औं स्थानमा छ। ला लिगामा गएराति नै रियल सोसिडाड र रियल बेटिसले पनि जित दर्ता गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.