|

अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ।

अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शुन्य दशमलव २ प्रतिशतमा झरेको हो। बुधबार अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार तेस्रो त्रैमासिकमा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.२ प्रतिशतले बढेको छ।

सेप्टेम्बरको अन्त्यसम्मको १२ महिनामा अस्ट्रेलियाको जीडीपी २.१ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। अस्ट्रेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलियाले मंगलबार २०२३ को अन्तिम बैठकमा ब्याजदर ४.३५ प्रतिशतमा राख्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.