|

काठमाडौँ : सभामुख देवराज घिमिरेले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधअन्तरगत भौतिक क्षति नगरी अनेरास्ववियुले आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्।

बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले एनसेलको शेयर खरिदबिक्री प्रकरण अध्ययन अनुसन्धान गर्नैपर्ने गरी बाहिर आएको बताए। 

सभामुख घिमिरेले संसदले एनसेल खरिदबिक्री प्रकरणलाई जिम्मेवारीका साथ चासो लिएर अघि बढाइरहेको बताए। उनले संसद बन्द रहेका बेलामा संसदीय समितिमार्फत यस विषयमा छलफल र बहस भइरहेको बताए। 

अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्यतथ्य छानबिन गर्न आग्रह गरेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.