|

रौतहट : रौतहटसहित मध्य तराईमा जाडो बढेको छ। शुक्रबार बिहानबाट बढेको जाडोका कारण रौतहटको जनजीवन प्रभावित भएको हो।

बिहानैदेखिको बाक्लो हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या भएको छ। जाडोका कारण जिल्लाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम भएको छ। जाडोले विपन्न परिवार मारमा परेका छन्।

शनिबार पनि बाक्लो हुस्सु र चिसो हावा चलेका कारण रौतहटका जनजीवन कष्टकर बनेको हो। मौसम बदली भई अचानक बढेको कठ्यांग्रिँदो चिसोले विशेष गरी न्यानो कपडा नभएका विपन्न, दलित र सुकुम्बासी परिवार बढी प्रभावित भएका छन्।

बढ्दो जाडोले रौतहटका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकको काम पनि प्रभावित बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.