|

काठमाडौं : चीनको स्त्रीरोग विशेषज्ञ तथा एड्स महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने पहिलो डाक्टरमध्ये एक गाओ याओजीको निधन भएको छ। 

न्युयोर्क बस्दै आएकी डाक्टर गाओको ९५ वर्षको उमेरमा निधन भएको हो। न्युयोर्कमा उनी सन् २००९ देखि निर्वासनमा थिइन्।   देशको ग्रामीण क्षेत्रमा एड्स महामारीविरुद्ध अभियान फैलाएर निर्मुल गर्न सफल याओजीले चीनमा रगत बेच्ने व्यवसायीले ग्रामीण क्षेत्रमा एचआईभी फैलाएको खुलासा गरेकी थिइन्।

बीबीसीका अनुसार हेनान प्रान्तमा सन् १९८०  र १९९० को दशकमा रगत बेचेर एचआईभी फैलाउने व्यवसाय सामान्य जस्तै थियो। रगत दान गर्नेहरूले जीविकोपार्जनका लागि रगत बेच्ने गरिब किसान समुदायलाई एचआईभी पोजेटिभ बिरामीबाट पनि रगत दिने गरिएको तथ्य उनले सार्वजनिक गरेकी थिइन्। 

त्यतिबेला यस रोगबारे धेरै चेतना थिएन। चिनियाँ अधिकारीहरूले एचआईभी यौन सम्पर्क वा गर्भावस्थामा आमाबाट बच्चामा मात्र सर्ने विश्वास गर्थे। डा। याओजीले यस बाहेक रगतबाट पनि सर्ने प्रमाणित गरेकी थिइन्।

त्यसको वर्षौँपछि, २०१० मा पनि डा। याओजीले एड्स जस्ता रोग फैलिने खतराको बाबजुद चीनमा अवैध रूपमा रगत बिक्री गर्ने अभ्यास भइरहेको दाबी गरेकी थिइन्।

‘यो ठूलो छ। देशव्यापी छ। जताततै छ। मैले आफ्नै आँखाले सबै देखेको छु। रगत बिक्री अवैध छ। विगतमा यो खुला र सार्वजनिक थियो। अब, यो भूमिगत छ,‘ उनको दाबी थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.