|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि सर्वोच्च अदालत पुगेका डा. सन्तोष पौडेलको सुनुवाइ आज तोकिएको छ।  

डा. पौडेलले हालेको रिटको सुनुवाइ सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासमा तोकिएको छ। 

मन्त्री बस्नेतले बिहीवार मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई वीर अस्पतालको निर्देशक पदबाट हटाएका थिए। डा. पौडेललाई वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाइएको थियो।

निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.