|

पर्वत : बुबाको उपचारका लागि कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आएका तनहुँका एक किशोर मृत भेटिएका छन्।

 पोखरा महानगरपालिका–१६ लामाचौरमा बस्दै आएका १९ वर्षीय सङ्गम मिश्रको शव पोखरा–१६ दीपमा रहेको सेती नदीको ड्याम खोलेर खोजी गर्ने क्रममा नदीपुर स्थित सेती नदीबीच ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार बाबु हरिप्रसाद मिश्रलाई ज्वरो आएपछि सङ्गम उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा आएका थिए। सङ्गम बुबाको उपचारको क्रममा औषधी लिन निस्किएका थिए।

उनी सम्पर्कविहीन बनेपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दा मणिपाल अस्पतालबाट नदिपुरतर्फ आउने झोलुङ्गे पुलको बिचमा उनको कपडा र परिचय पत्र फेला परेको थियो। 

उनले सोही पुलबाट सेती नदीमा हाम फालेको हुन सक्ने अनुमान सहित प्रहरीले सेती नदीको ड्याम खोल्दै पानी सुकाएर खोजी थालेको थियो।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले शव निकालेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ।

उनको मृत्युको विषयमा अनुसन्धान चलिरहेको पनि जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बिकले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.