|
फाइल फोटो

काठमाडौं : जनकपुरधाममा सीताराम विवाह महोत्सवअन्तर्गत शुक्रबार तिलकोत्सव विधि गरिँदै छ। अपराह्न राम मन्दिर प्राङ्गणमा ​महन्थले  भगवान् रामलाई तिलक लगाउने विधि हुन लागेको हो। 

तिलकोत्सव कार्यक्रममा मिथिला दरबारको प्रतिनिधित्व गर्ने जानकी मन्दिरबाट बाजागाजाका साथ अयोध्या मन्दिरको प्रतिनिधित्व गर्ने राममन्दिरमा विभिन्न प्रकारमा फलफूल तथा विभिन्न परिकार डालामा राखी पठाउने परम्परा छ। 

यसअघि बिहीबार धनुष यज्ञ सम्पन्न भएको थियो। अब पाँचौँ दिन शनिबार मटकोर तथा पूजा कार्यक्रम र छैटौँ दिन अर्थात् पुस १ गते रङ्गभूमि मैदान बाह्रघिमा सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि पुस २ मा रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदा गर्ने कार्यक्रम छ। 

अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.