|

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले १० गौरव योजना र २५ स्वर्णिम योजना अघि सारेको बताएकी छिन्। शुक्रबार महानगरको २९ औँ महानगर दिवस कार्यक्रममा उनले यी योजना अगाडि सारिएको बताएकी हुन्।

महानगरले संरचनागत, नीतिगत, कानुनी, प्रशासनिक, व्यवस्थापकीय कार्य र कार्यसम्पादन लगायतका काममा सफलता हासिल गरेको पनि उनले बताइन्। 

‘अहिलेसम्मको हाम्रो कार्यकालमा संरचना, नीतिगत, कानुनी, प्रशासनिक र व्यवस्थापकीय र कार्य सम्पादनमा हामीले सफलता हासिल गरेका छौँ, मूलतः विगतदेखि नै लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिँदै आएका छौँ,’ उनले भनिन्।

महानगरबाट पारदर्शी र सहज ढंगबाट अहिले सेवा प्रवाह हुँदै आएको पनि उनको भनाइ छ। ‘सार्वजनिक सम्पत्तिको प्रयोग र संरक्षण, निःशुल्क कानुनी सेवा, मेलमिलाप सेवा दिएका छौँ, चालू नीति कार्यक्रम तथा बजेटअनुसार काम गर्दै आएका छौँ। १० गौरव योजना र २५ स्वर्णिम योजना अघि सारेका छौँ, ती योजना सफल हुने छन्,’ उनले भनिन्।

यी योजना पूरा भएपछि संघीय राजधानीको मुहार फेरिने उनले दाबी गरिन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.