|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबार शुरु हुने भएको छ। बैठक धुम्बाराहीमा मंगलबारसम्म चल्ने पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए। 

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्नेछन्। यस्तै पार्टीको रणनीति र भावी कार्यदिशाबारे पनि उनले ‘ब्रिफिङ’ गर्ने छन्। 

यस्तै सचिवालय र कोषाध्यक्षको प्रतिवेदन पनि प्रस्तुत हुनेछ। यस्तै बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समीक्षा र समूहगत छलफल हुने कार्यतालिका पनि तय भएको छ।  पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने आन्दोलनसम्बन्धी प्रस्ताव पनि छलफलका लागि पेश हुने श्रेष्ठले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.