|

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मंगलवार) पनि उच्च अंकले बढेको छ। नेप्से परिसूचक आज २ हजार १ सय विन्दुभन्दा माथि पुगेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलव ९८ विन्दुले बढेर २ हजार १०६ मा पुगेको हो।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ५ अङ्कले बढेर ३९७ दशमलव ६९ मा पुगेको छ।

आज कूल १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँमा खरिद बिक्री भएको छ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार २०२ रुपैयाँ बराबरको शेयर कारोबार भयो। 
सोल्टी होटलको २८ करोड ७३ लाख २४ हजार ३३१ रुपैयाँ, सोनापुर मिनरल्सको १६ करोड ७१ लाख ४२ हजार ७५५ रुपैयाँ, हाथवे इन्भेस्टमेन्टको १४ करोड २९ लाख ३० हजार ५८८ रुपैयाँ र घोराही सिमेन्टको १३ करोड ३० लाख ८६ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार आज विभिन्न १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ७ दशमलव २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना ४ दशमलव ९०, प्रभु बैंकको ऋणपत्र ३ दशमलव ८३, सानिमा बैंकको ऋणपत्र ३ दशमलव ७८ र पिपल्स पावरको लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतले गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.