|

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव शून्य तीन अंकले ओरालो लागेर दुई हजार ८८ दशमलव शून्य सातमा सिमित भएको छ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २९ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ३३ मा सिमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

कूल एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता शेयर रू सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको रू ३० करोड ४३ लाख २८ हजार बराबरको कारोबार भएको छ।

त्यस्तै, हाथवे इन्भेस्टमेन्ट रू २९ करोड ५० लाख नौ हजार पाँच सय ९४, सोनापुर मिनरल्स रू २८ करोड १९ लाख ४५ हजार सात सय, घोराही सिमेन्ट रू २२ करोड ५२ लाख २२ हजार र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको रू १९ करोड तीन लाख ७२ हजार आठ सय बराबरको शेयर कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार बोटलर्स नेपाल, कालिका पावर, सामलिङ पावर, बिपीडब्ल्यू लघुवित्त, चिर्खवा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, सूर्यज्योती लाइफ इन्स्योरेन्सलगायतका कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, ज्योति विकास बैंकको ऋणपत्र र नेपाल रिपब्लिक मिडियाको शेयर मूल्यमा १० प्रतिशतले गिरावट आई नकारात्मक सर्किट लागेको छ।

हाथवे इन्भेस्टमेन्ट नौ दशमलव ८५, आँखु खोला जलविद्युत् कम्पनी नौ दशमलव १७ र हिमालयन डिस्टिलरीको शेयरधनीले छ दशमलव ८७ प्रतिशतले गुमाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.