|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति र समुदायका फरक संस्कृतिले समग्र राष्ट्रलाई सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताएका छन्।

अध्यक्ष नेपालले ज्यापु दिवस तथा उधौलीपर्वका अवसरमा शुभकामना सन्देश जारी गरी मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, आपसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गरेका छन्।

नेपालले सम्पूर्ण जातजातिका फरक भाषा, साहित्य, कला र रहनसहन संवर्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा साँस्कृतिकरूपमा सम्पन्न बनाएको उल्लेख गरेका छन्। उनले सन्देशमा बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसाँस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व सस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.