|

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा उत्साहजनक वातावरण बनेको बताएका छन्। मंगलबार बिहान चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै  उनले अर्थतन्त्रले अहिले सकारात्मक गति लिइरहेको दाबी गरे।  

उनले निजी क्षेत्र र नागरिक समाजले नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने धारणा राखे। ‘अर्थतन्त्रमा धेरै समस्या थियो । अहिले त्यो सबै समाधान हुँदै गइरहेको छ’, उनले भने,‘देशको अर्थतन्त्र सकारात्मक तरिकाले अगाडि बढेको छ। निर्धक्क भएर लगानीको वातावरण बनाउन सकिन्छ भन्ने कुरा अब निजी क्षेत्र र नागरिक समाजले भन्नुपर्ने अवस्था छ।’

उनले ,पर्यटन क्षेत्रमा पनि उत्साह छाएको, बिस्तारै घर जग्गाको कारोबार पनि सुधारिँदै गरेको र  रेमिट्यान्स बढेकाले अर्थतन्त्र लयमा फर्किएको उनको तर्क गरे। विगतमा मौद्रिक नीति र वित्त नीतिमा देखिएको कमजोरीले देशमा आर्थिक समस्या भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.