|
तस्वीर : फोटो लाइब्रेरी

पोखरा : तमु धि नेपालको आयोजनामा पोखरामा तमु ल्होछार शुभकामना र्‍याली निकालिएको छ।

पोखरामा बसोवास गर्ने विभिन्न तमु समाजको सहभागितामा शुभकामना र्‍याली निकालिएको छ।

गुरुङ जातिले आज पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होछार मनाउने संस्कार छ।

‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ। प्रत्येक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.