|

काठमाडौं : बाँकेको नेपालगञ्जमा स्कर्पियोले ठक्कर दिँदा दुई पैदल यात्रीको मृत्यु भएको छ। एकजनागम्भीर घाइते भएका छन्।

नेपालगञ्ज–१८ मा सोमबार बिहान सूप ०१००१ च ६४६३ नम्बरको स्कर्पियोले ठक्क दिँदा २४ वर्षीया आस्था साह र पहिचान नखुलेका करिब ३० वर्षीय युवकको भएको हो। २५ वर्षीया सहाना साह घाइते भएकी छिन्। नेपालगञ्ज मेडिकल कलेजमा उनको उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ।

ठक्कर दिने स्कर्पियोका चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.