|

काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सत्ता गठबन्धनसँग आक्रोश पोखेका छन्। 

एमालेलाई पनि राष्ट्रिय सभा बैठकमा सिट दिने कांग्रेस–माओवादीको  सहमतिमा उनले गठबन्धनप्रति असन्तुष्टि जनाएका हुन्। 

‘ हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्।’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले?’

माओवादी केन्द्रले टीआरसी विधेयकमा सहमति हुनुपर्नेमा जोड दिएको छ भने कांग्रेसमा भ्रष्टाचारबाट आफ्ना नेता बचाउन चाहेको कोइरालाको यो भनाइ लक्षित रहेको छ। 

यस्तो छ कोइरालाको ट्वीट

हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?

— Dr Shekhar Koirala (@Shekharnc) January 4, 2024

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.