|

काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबार नेपाल आएका जयशंकर आज दिउँसो त्रिभुवन विमानस्थलबाट भारतीय विमानमार्फत स्वदेश फर्किएका हुन्। उनलाई विमनस्थलमै पुगेर नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिदाइ गरे।

नेपाल रहँदा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.