|

जनकपुरधाम : किकिन्धा (भारतको कर्नाटक राज्य)बाट शुरु भएको हनुमत रथयात्राले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेको छ।

बीहीवार धनुषाको जटही नाका हुँदै जनकपुरधाम प्रवेश गरेको  हनुमत रथयात्राले शुक्रबार नगर परिक्रमा गरेको  थियो।

शनिबार जानकी मन्दिरमा पूजापश्चात् जनकपुरधामबाट काठमाडौँका लागि प्रस्थान गरेको  छ।

भगवान् हनुमानको जन्मस्थल भारतको किष्किन्धामा विश्वको सबैभन्दा ठूलो हनुमानको प्रतिमा ७०५ फिटको बनाउने र विशाल धाम निर्माण गर्ने उद्देश्यले निकालिएको रथयात्रा १२ वर्षसम्म चल्ने किष्किन्धाबाट आएका गुरु स्वामीले बताए।

सन् २०३२ सम्म रथयात्रा पूर्ण हुने भएकाले जानकी माताको पूजाअर्चना गर्न किष्किन्धाबाट गुरु स्वामी र अयोध्याबाट धर्मगुरु शंकराचार्य, गंगाधर पाठक, राष्ट्रिय संयोजक विमलकुमार केडिया, संस्कृति एवं धार्मिक संयोजक केशव सहितका धर्मगुरु जनकपुरधाम आएका छन्।

शुक्रबार बेलुका जानकी मन्दिरमा रथ हेर्न र पूजा गर्न श्रद्धालुको भीड लागेको थियो।

त्यसक्रममा मुख्य आचार्य श्री गंगाधर पाठकले इतिहासमै पहिलोपटक हनुमान आफ्नो जन्मभूमिबाट सिधा सीतामाताकहाँ आएकोमा खुसी व्यक्त गरे।

मुख्य आचार्य श्री गंगाधर पाठकले थाहाकर्मीसँग कुरा गर्दै भने‚ ‘अयोध्यामा निर्माण भएको राम मन्दिर झैँ किष्किन्धामा पनि हनुमान्‌को मन्दिर एवं धाम निर्माण भइरहेको छ।’

सम्पूर्ण जनकपुरधामवासी एवं नेपालवासीलाई एकपटक किष्किन्धा आएर हनुमान्‌को जन्मस्थलको दर्शन गर्न पनि मुख्य आचार्य श्री गंगाधर पाठकले आमन्त्रण दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.