|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अंकको गिरावट देखिएको छ। आज (आइतवार) नेप्से परिसूचक १ दशमलव २८ प्रतिशतले घटेर २ हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको हो।

आज ३०४ कम्पनीको १ करोड ५२ लाख ६८ हजार ३९९ कित्ता शेयर ९८ हजार ६३२ पटक खरिदबिक्री हुँदा ५ अर्ब २४ करोड १४ लाख ८ हजार ३७९ रुपैयाँ बराबरको कारोबार भएको छ।

जलविद्युत् समूहको उपसूचक १ दशमलव ३ प्रतिशतले बढ्दा अरु सबै समूहको उपसूचक घटेका छन्।

सबैभन्दा धेरै जीवन बीमा समूह २ दशमलव ४० र व्यापार समूह २ दशमलव १४ प्रतिशतले घटेका हुन्। आजको कारोबारमा तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६ दशमलव ६९ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २८ करोड ५६ हजार ४०४ रुपैयाँ बराबरको ५ लाख ५७ हजार १५९ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.