|

जनकपुरधाम : नेपाली कांग्रेसका नेता आन्दप्रसाद ढुंगानाले मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। सोमबार ढुंगानाले जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

ढुंगानाको  प्रस्तावकमा धनुषाका हंसपुर नगरपालिका मेयर प्रदीप यादव र समर्थक प्रदेशसभा सदस्य संजय कुमार महतो रहेका नेपाली कांग्रेस मधेश प्रदेश पार्टी कार्यालयका मुख्यसचिव सन्तु यादवले जानकारी दिए।

ढुङ्गानालाई आइतबार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो। यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.