|

काठमाडौं : जबरजस्ती करणी मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस सकिएको छ। बहस सकिएसँगै आजै सजाय तोकिँदै छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलाशले पुस १३ गते उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो। यसै इजलासमा यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो।

जाहेरवाला पक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका हुन्।

लामिछानेले पीडित युवतीको ‘नाजुक आर्थिक अवस्था’को फाइदा उठाएर जबरजस्ती करणी गरेको फैसला अदालतले सुनाएको थियो।

अदालतले पीडित किशोरी ‘गौशाला २६’ बालिग भए पनि जबरजस्ती करणी भएको ठहर गरेको थियो। लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) (ङ) बमोजिम कसुर गरेको अदालतको ठहर छ।

लामिछाने ६ देखि १० वर्ष जेल जानसक्ने सम्भावना छ। १० वर्षभन्दा कम सजाय तोकिएको मुद्दामा प्रतिवादीले थुनाबाहिरै रहेर उच्च अदालतमा पुनरावेदन गर्न पाउने कानुनी व्यवस्था पनि छ।

गत वर्ष भदौ ५ गते गौशालास्थित होटलमा लगेर बलात्कार गरेको भन्दै मुद्दा दायर भएको थियो। यससँगै उनी असोज २० गते उनी त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.