|

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा-१ कारिकोटमा १ लाखभन्दा बढी पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ।​

कारिकोट स्पोर्टस् क्लबको आयोजनामा पालिकास्तरीय दोस्रो वडाध्यक्ष कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो। माघे संक्रान्तिको अवसर पारेर हुने प्रतियोगिता स्याङ्जा, पाल्पा, गुल्मीस्थित तीनमुखे पुल नजिकै धगौटी बगरमा सञ्चालन हुनेछ।

प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। दोस्रो हुनेले ६६ हजार ६६६, तेस्रो हुनेले ३३ हजार ३३३ र सान्त्वना हुनेले १७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी शिल्ड, मेडल र प्रमाणपत्र समेत प्राप्त गर्ने क्लबका अध्यक्ष मणिकलाल श्रेष्ठले बताए।

उनका अनुसार महिलातर्फ प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ३० हजार, २० हजार, १० हजार नगदसहित शिल्ड‚ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रतियोगिता आगामी माघ १ देखि ५ गतेसम्म हुनेछ। पुरुषतर्फका टिमलाई ६ हजार र महिलातर्फ ३ हजार ५०० दर्ता शुल्क तोकिएको छ।

खेलका विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार दिइनेछ। प्रत्येक म्याचमा म्यान अफ द म्याच पनि छनोट गरिनेछ। तयारी अन्तिम चरणमा पुगेको सल्लाहकार बम लामिछानेले बताए। खेलबाट यस क्षेत्रको विकासमा टेवा पुग्ने उनले बताए।

माघे संक्रान्तिमा रिडीस्थित तीनामुखे मुलमा विशेष मेला लाग्ने गर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.