|

संखुवासभा : फेसबुक अभियानमार्फत सङ्कलन गरिएको दुई लाख ७० हजार रुपैयाँ ​क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको छ। 

सभापोखरी–१ लेब्राङका क्यान्सरपीडित श्रेष्ठलाई दिन उक्त रकम अमेरिकामा बसेका नेपालीले फेसबुकमार्फत अभियान चलाएका थिए।

श्रेष्ठको उपचारका लागि ५२ जना नेपालीबाट संकलित उक्त रकम प्रदान गरिएको खाँदबारी नगरपालिका-११ घर भई हाल वासिङटन बस्ने लीला श्रेष्ठले जानकारी दिए।

फेसुबक अभियानबाट जुटाएको उक्त रकम जनज्योति माविका पूर्व प्रधानाध्यापक होमबहादुर अधिकारीमार्फत श्रेष्ठको उपचारका लागि प्रदान गरिएको श्रेष्ठले बताए।

उनी मिर्गौलाका विरामी पनि हुन्। १० वर्षअघि फेरिएको मिर्गौलाले काम गर्न छोडेपछि पुनः मिर्गौला फेर्नुपर्ने भएका कारण आर्थिक अभाव भएपछि सहयोगका लागि पीडित परिवारले याचना गरेका थिए।

पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसकेका श्रेष्ठलाई उपचारमा सहयोग गर्न अमेरिकामा फेसबुक अभियानमार्फत आर्थिक अभियान सञ्चालन गर्दै आएको श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.