|

काठमाडौँ : गायक यम बरालको नयाँ गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

बुधवार काठमाडौँमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो। गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ। 

कार्यक्रममा गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर गरेको बताए। उनले गीत सबैले मन पराइदिने विश्वास व्यक्त गरे।

गीतको म्युजिक भिडियोमा सञ्जीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ। गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.