|

काठमाडौं : माइतीघर क्षेत्रको निषेधाज्ञा तत्काल फिर्ता गर्न माग गर्दै भन्दै प्रदर्शन भएको छ।

माइतीघरमा डा. गोविन्द केसीलगायत  नागरिक अगुवाहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले निषेधित लोकतन्त्र चाहिँदैन, निषेधाज्ञा तत्काल फिर्ता गर लेखिएका प्याम्पलेट बोकेका थिए।

पछिल्लो समय माइतीघर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निरन्तर निषेधाज्ञा जारी राखेको छ। निषेधाज्ञाका कारण विभिन्न अभियान्ता तथा राजनीतिक दल र तिनका भ्रातृ संगठनहरूले यस क्षेत्रमा प्रदर्शन गर्न पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.