|

काठमाडौं : कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफिमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन्।

‘डिपिक्सन’ नाम दिइएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन्।

कार्टुनलाई समाजसँग अन्तरक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए।

प्रदर्शनीमा मिश्रले पछिल्लो ५ वर्षमा बनाएका कार्टुन राखिएका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.